+
+

रानीको ‘मेरी आमा’मा गौरी र गीताको ममता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १७:४२

काठमाडौं । मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन नजिकिंदै जाँदा गायिका रानी शाक्यले ‘मेरी आमा’ बोलको गीत ल्याएकी छन् । आमाको माया र मर्मको भाव समेटिएको गीतमा सन्तोष आलेको शब्द तथा संगीत रहेको छ ।

छोरीले आफ्नी आमालाई गर्ने प्रेम र आमाको महिमालाई प्रस्तुत गरिएको गीतको भिडियोमा अभिनेत्री गौरी मल्ल र मोडल गीता ढुंगानालाई आमाछोरीको भूमिकामा देख्न सकिन्छ । भिडियोमा विजयराज भुर्तेल र निरिस्का स्थापितको पनि अभिनय छ ।  भिडियोका निर्देशक देव धिमाल हुन् ।

नमराज घिमिरेले खिचेको यो गीतको भिडियोलाई विजयराजले सम्पादन गरेका छन् । भिडियोलाई निर्देशक देवले मार्मिक बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?