+
+

कांग्रेस बैठकमा अर्जुन नरसिंह केसीले राखे फरक मत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १७:५२

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले स्थानीय तहको निर्णय अधिकार माथि केन्द्रले हस्तक्षेप गरेको टिप्पणी गरेका छन् ।

आइतबारको कार्य सम्पादन समितिको बैठकमा फरक मत राख्दै नेता केसीले स्थानीय इकाइको निर्णय विरुद्ध केन्द्रीय समितिले हस्तक्षेप गरेको बताएका छन् । स्थानीय अवस्था र आवश्यकतालाई हेरी निर्णय गर्न प्रत्यायोजन गरेको अधिकार स्थानीय तहमा प्रत्यायोजन नभएको उनले लिखित रुपमा बैठकमा प्रस्तुत गरेका छन् ।

महानगरपालिका र उपमहानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच भएको तालमेल र भागबण्डाको मापदण्ड कार्यसम्पादन समितिमा प्रस्तुत नभएकामा पनि नेता केसीले फरक मत राखेका छन् ।

उम्मेदवार चयनको विषयमा पार्टीको वैधानिक प्रक्रिया अवलम्बन नगरेको भन्दै उनले असन्तुष्टि पोखेका छन् । टिकट वितरण गर्दा विधानले व्यवस्था गरेको सम्बन्धित तहबाट आमन्त्रण गर्नुपर्ने व्यक्तिलाई नबोलाइएको उनले उल्लेख गरेका छन् ।

हेर्नुहोस् केसीको फरक मत 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?