+
+

कांग्रेस छोडेका मलंगवाका मेयर साहलाई जसपाले उम्मेदवार बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १९:५९
निरसल साह

११ वैशााख, वीरगञ्ज । सर्लाहीको मलंगवा नगरपालिकाका मेयर निरसल साह जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका साह कांग्रेसले टिकट नदिएपछि जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाले पार्टी प्रवेश गर्नासाथ आइतबार नै मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

साहलाई जसपाका सांसद प्रमोद साह, प्रदेश सभा सदस्य अशोक यादव, जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, जिल्ला अध्यक्ष वीरेन्द्र यादव लगायतले जसपामा प्रवेश गराएका थिए ।

कांग्रेसले यो पटक मलंगवा नगरपालिकाको मेयरमा पूर्वमेयर नागेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ ।

कांग्रेसबाट पुनः टिकट नपाउने भएपछि साह आइतबार बिहान जनकपुरमा प्रदेश समितिको बैठक सकिनासाथ अरु नेताहरु भन्दा अगाडि नै आएर जसपाका नेताहरुसँग सम्पर्क बढाएका थिए ।

गोलेले एकीकृत समाजवादी छाडे

नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ सर्लाहीका अध्यक्ष एवं पार्टीको बागमती नगर कमिटी अध्यक्ष जय गोले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गरेसँगै गोलेलाई एमालेले बागमती नगरपालिका–१२ को वडाध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?