+
+

नेपालगञ्जको मेयरमा बैश्य र उपमेयरमा चर्तीमगरको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते २१:४६

११ वैशाख, नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नन्दलाल बैश्य र उपमेयरमा बिन्दु चर्ती मगरको उम्मेदवारी दर्ता गरेको छ ।

नेपालगञ्जको परिक्रमा गर्देै उम्मेदवारी दर्ता गरेको हो । नेपालगञ्जको मयेर र उपमेयरसँगै सम्पूर्ण वडामा उम्मेदवारी दर्ता गरेको छ ।

जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख र उप्रमुख पदसँगै २३ वटै वडाको उम्मेदवारी दर्ता गरिएको जानकारी दिए ।

यससँगै बाँकेको कोहलपुर नगरपालिकाको मेयरका लागि प्रदिपकुमार शाह, उपमेयरमा साबित्रा घिमिरे, बैजनाथ गाउँपालिकाको अध्यक्षका लागि तारकसिंह थारु र उपाध्यक्षका लागि जयलक्ष्मी शाहले उम्मेदवारी दर्ता गराएका छन् ।

जानकी गाउँपालिकामा अध्यक्ष पदमा श्याम बहादुर थापा र उपाध्यक्षमा कुश्मा रेदास, राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष पदमा भुपेन्द्र वली र उपाध्यक्षमा शोभा वली र खजुरा गाउँपालिकामा अध्यक्ष पदका लासग धनसिंह राना र उपाध्यक्ष पदका लागि तिलकुमारी हमालको उम्मेदवारी दर्ता गरिएको राप्रपाले जनाएको छ ।

बाँकेको डुडुवा र नरैनापुर गाउँपालिकामा भने सोमबार उम्मेदवारी दर्ता गर्ने तयारी भएको जिल्ला अध्यक्ष पौडेलले बताए । राप्रपाका महामन्त्री एवं नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणाको उपस्थितिमा उम्मेदवारी दर्ता गराएको हो । गत निर्वाचनमा नेपालगञ्जको मेयरमा राप्रपाले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?