
१२ वैशाख, महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले जिल्लाका ९ वटै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार टुंग्याएको हो ।
‘सबै पालिकामा उम्मेदवार छनौट गरेका छौं,’ कांग्रेसका जिल्ला सचिव भीमराज भट्टले भने, ‘जिल्ला कार्य समितिले निर्णय गर्न बाँकी छ ।’
कांग्रेसले भीमदत्त नगरपालिकाको प्रमुखमा पदम बोगटी र उपप्रमुखमा निलम लेखकलाई उम्मेदवार बनाएको छ ।
यसैगरी दोधाराचाँदनीको मेयरमा गोपालदत्त भट्ट र उपमेयरमा गंगा जोशी, बेदकोटको मेयरमा भोजराज बोहरा र उपमेयरमा तुलसी जोशीलाई उम्मेदवार बनाइएको छ ।
शुक्लाफाँटाको मेयरमा चिन्तामणी भट्ट र उपमेयरमा कल्पना पन्त, कृष्णपुरको मेयरमा हेमराज ओझा र उपमेयरमा द्रोपदी राना तथा पुनर्वासको मेयरमा तोयानाथ शर्मा र उपमेयरमा भुलिया रानालाई उम्मेदवार बनाइएको छ ।
कांग्रेसले बेलौरी नगरपालिकाको मेयरको टिकट होसियार विष्टलाई र उमपेयरको टिकट खिना भण्डारीलाई दिएको छ ।
लालझाडी गाउँपालिकाको अध्यक्षमा श्रीकृष्ण राना र उपाध्यक्षमा राधा राना तथा बेलडाँडीको अध्यक्षमा हरिषचन्द्र रानालाई कांग्रेसले उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4