+
+

नेपालगञ्जमा कांग्रेसको मेयर उम्मेदवार प्रशान्त विष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते ११:४६

१२ वैशाख, काठमाडौं । नेपालगञ्ज उपमहानगरको मेयरमा नेपाली कांग्रेसबाट प्रशान्त विष्ट र उपमेयरमा जसपाबाट कमरुद्दिन राईले टिकट पाउने निश्चित भएको छ ।

विष्ट नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरका सभापति हुन् भने राई जसपाका जिल्ला अध्यक्ष हुन् ।

गठबन्धनबाट मेयरको उम्मेदवार तय भएका विष्टले आज दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने तयारी भइरहेको बताए ।

गठबन्धनको भागबन्डामा नेपालगञ्ज नेपाली कांग्रेसलाई परेपछि जसपाका जिल्ला तहका नेताहरू रुष्ट भएका थिए ।

जसपा जिल्ला अध्यक्ष राईले आफूले मेयरको टिकट नपाए कसैसँग गठबन्धन नगर्ने, बरु पार्टीले जबर्जस्ती गरेको खण्डमा छुट्टै चिहृन लिएर चुनाव लड्ने बताएका थिए । अन्ततः जसपा उपमेयरमा चित्त बुझाउन तयार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?