+
+

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादीको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १२:१३
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका माओवादी केन्द्रका मेयर उम्मेदवार पुष्प वादी (दायाँ) र उपमेयर उम्मेदवार इश्वरीकुमारी शर्मा (वीएम) ।

१२ वैशाख, सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता भएको छ ।

मेयर पदमा पुष्प वादी र उपप्रमुखमा इश्वरीकुमारी शर्मा (बीएम)ले उम्मेदवारी दर्ता गराएका हुन् । नेता, कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

वादीले वीरेन्द्र बीएमको समर्थन र सुन्दर शर्माको प्रस्ताव तथा शर्माले ध्रुव बुढाथोकीको समर्थन र मनसरा मल्ल शर्माको प्रस्तावमा उम्मेदवारी दर्ता गराएका हुन् ।

माओवादी केन्द्रको पकड रहेको चौरजहारीमा माओवादी केन्द्रले कुनै पनि दलसँग तालमेल गरेको छैन ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर दुवै पद माओवादी केन्द्रले जितेको थियो । चौरजहारी नगरपालिकाका १४ वटा वडामध्ये १० वटा वडामा माओवादी केन्द्रले, ३ वटा वडा कांग्रेसले र एउटा वडा नेकपा एमालेले जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?