+
+

पोखराको मेयरको टिकट पाएपछि कृष्ण थापाले दिए प्रदेश सभा सदस्यबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १२:२३

१२ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवारको टिकट पाएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेले दीपक पौडेललाई दिइसकेको टिकट खोसेर थापालाई मेयरको उम्मेदवार बनाएको छ । उनले सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।

कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा विजयी भएका थापाले कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए । थापाले १५ हजार ३२९ मत ल्याउँदा बरालले ८ हजार ३२५ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?