+
+

१२ बजेसम्म साढे १६ हजार जनाले दर्ता गरे मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १३:३२

१२ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मनोनयनको दोस्रो दिन सोमबार १२ बजेसम्म १६ हजार ५६८ जनाको मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार आइतबार दिनभर र सोमबार दिउँसो १२ बजेसम्म सबै प्रदेशमा गरी १६ हजार ५६८ जनाको मनोनयन दर्ता भएको हो ।

जसमध्ये नगर प्रमुखमा ७६८ जना, गाउँपालिका अध्यक्षमा ६१४ जना, नगरपालिका उपप्रमुखमा ३८३ र उपाध्यक्षमा ३३४ जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै वडाध्यक्षमा चार हजार ४३९ जना, महिला सदस्यमा दुई हजार ५४१, वडा सदस्यमा पाँच हजार ४३० जनले उम्मेदवारी दर्ता गराएका आयोगले एक सूचना मार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?