+
+

एमालेबाट धनगढीकाे मेयरमा चन्द र उपमेयरमा रानाथारूले गरे उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १४:०१

१२ वैशाख, धनगढी । नेकपा एमालेले सुदूरपश्चिमकाे एक मात्र धनगढी उपमहानगरपालिकाकाे मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरेकाे छ ।

एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेर मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारूले उम्मेदवारी दर्ता गराएका हुन् ।

मेयरमा चन्दले उम्मेदवार चन्दलाई मेयरकै आकांक्षी दुर्गाप्रसाद जाेशी र जीवन बमकाे समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

चन्दकाे उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज लेखराज भट्ट पनि मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेका थिए । उनले मेयर र उपमेयरसहितका उम्मेदवारलाई विजयकाे शुभकामना दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?