
१२ वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट मुकुन्दश्याम गिरीले उम्मेदवारी दर्ता गराएका छन् । उनी राप्रपाका केन्द्रीय उपाध्यक्ष हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सोमबार गिरीले मनोनयन दर्ता गरेका हुन् ।
गिरी २०६१ सालमा वीरेन्द्रनगरको मेयर थिए । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १८ वर्ष पछि उनले मेयरमा उम्मेदवारी दिएका हुन् ।
वीरेन्द्रनगरवासीले मेरो आवश्यकता महसुस गरेकाले मेयरमा उम्मेदवारी दिएको प्रतिक्रिया उनले दिए ।
राप्रपाबाट वीरेन्द्रनगरको उपमेयरमा लक्ष्मीकुमारी सार्कीले उम्मेदवारी दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4