+
+

‘म यस्तो गीत गाउँछु २’ जेठदेखि विदेशमा प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १८:१३

काठमाडौं । सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ले आगामी मे महिनादेखि अन्तर्राष्ट्रिय प्रदर्शन सुरु गर्ने भएको छ ।

पूजा शर्मा र पल शाह स्टारर फिल्मको अन्तर्राष्ट्रिय वितरणको जिम्मा नेपसिने कम्पनीले लिएको छ । निर्माताद्वय सुदर्शन थापा र पूजा शर्मासँग नेपसिनेका विधान कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उत्तर अमेरिकासहितका मुलुकमा कम्पनीले लागत बाँडफाँडको मोडलमा वितरण अधिकार लिएको हो । जेठ दोस्रो सातादेखि अमेरिकासँगै विदेश प्रदर्शन सुरु हुने कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

अमेरिका प्रदर्शनमा अभिनेत्री शर्मा पनि सहभागी हुने भएकी छन् । अमेरिका र क्यानडासँगै बेलायत, अष्ट्रेलिया र हङकङको लागि पनि प्रदर्शन पनि हुने जनाइएको छ । फिल्मलाई उत्तर अमेरिकामा नेपसिने र बेलायतमा मिफरुङ यु र युके मगर एसोसिएसनले प्रदर्शन जिम्मा लिएको छ । अष्ट्रेलियामा नेपाली टचले प्रदर्शन जिम्मा लिएको छ ।

फागुन १३ गते नेपालमा रिलिज भएको फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको थियो । यो सांगीतिक प्रेमकथामा पल र पूजासहित हरिहर शर्मा, दिनेश डीसीको पनि मुख्य अभिनय छ ।

यो फिल्म कोरोना महामारीपछि विदेशमा प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?