
१२ वैशाख, सल्यान । सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको छ ।
जसअनुसार अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी र उपाध्यक्षमा एमालेको लालबहादुर राउतले मनोनयन दर्ता गरेका छन् ।
यस्तै ४ वटा वडामा नेपाली कांग्रेसले र ३ वटा वडामा नेकपा एमालेले अध्यक्षमा उम्मेद्वारी दिएको छ । उनीहरुले वडासदस्यमा पनि भागबण्डा गरेका छन् ।
एमालेविरुद्ध सत्तारुढ गठबन्धनको नेतृत्व गरेको कांग्रेसले कुमाखमा केन्द्रको निर्देशन विपरीत एमालेसँग चुनावी सहकार्य गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4