+
+

आईकाओको हवाई सुरक्षा अडिटमा नेपाल उत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते ११:२१

१३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को सुरक्षा अडिटमा नेपाल उत्तीर्ण भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२२ को अडिटको प्रारम्भिक रिर्पोटअनुसार नेपालले कुल परिपालना दरको ७०.१ प्रतिशत नम्बर पाएको छ ।

यो सन् २०१७ मा पाएको ६६.७६ प्रतिशत भन्दा बढी हो । यसका आधारमा नेपालमा हवाई सुरक्षाको अवस्थामा सुधार भएको देखिएको छ ।

आईकाओले अपि्रल १३ देखि २५ सम्म १० सदस्यीय टिम नेपाल पठाएको थियो । यो टिमले नेपालको हवाई सुरक्षाको सम्परीक्षण गरेको थियो । यसमा नेपालले उडान सुरक्षाको नियामक निकायको हैसियतमा पालना गरे-गराएका काम र त्यसको विस्तृतमा जाँच गरिएको थियो ।

संयुक्त राष्ट्रसंघ मातहतका आईकोओमा १९३ वटा मुलुक आवद्ध छन् । ती राष्ट्रको उडान सुरक्षाको स्तर मापन गरि निरन्तर सुधारमा टेवा दिने उद्देश्यले अडिट गर्दै आएको छ ।

नेपालको सन् २२००९ बाट सम्परीक्षण भएको हो । त्यसपछि सन् २०१३, २०१६ र २०१७ मा अडिट गरिएको थियो । सन् २०१३ मा भने नेपालको हवाई सुरक्षाको स्तर औसतभन्दा कममा परेपछि सुरक्षा चासोको सूचिमा परेको थियो । सोही आधारमा नेपाल यूरोपेली यूनियनको समेत कालोसूचीमा परेको हो ।

तर, सन् २०१७ मा नेपाल यसबाट उम्कन सकेपनि यूनियनको कालोसूची भने कायम छ । प्राधिकरणका अनुसार एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको छ । विश्वको औसतः परिपालना दर ६७.२ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?