+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

आईकाओको हवाई सुरक्षा अडिटमा नेपाल उत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते ११:२१

१३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को सुरक्षा अडिटमा नेपाल उत्तीर्ण भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२२ को अडिटको प्रारम्भिक रिर्पोटअनुसार नेपालले कुल परिपालना दरको ७०.१ प्रतिशत नम्बर पाएको छ ।

यो सन् २०१७ मा पाएको ६६.७६ प्रतिशत भन्दा बढी हो । यसका आधारमा नेपालमा हवाई सुरक्षाको अवस्थामा सुधार भएको देखिएको छ ।

आईकाओले अपि्रल १३ देखि २५ सम्म १० सदस्यीय टिम नेपाल पठाएको थियो । यो टिमले नेपालको हवाई सुरक्षाको सम्परीक्षण गरेको थियो । यसमा नेपालले उडान सुरक्षाको नियामक निकायको हैसियतमा पालना गरे-गराएका काम र त्यसको विस्तृतमा जाँच गरिएको थियो ।

संयुक्त राष्ट्रसंघ मातहतका आईकोओमा १९३ वटा मुलुक आवद्ध छन् । ती राष्ट्रको उडान सुरक्षाको स्तर मापन गरि निरन्तर सुधारमा टेवा दिने उद्देश्यले अडिट गर्दै आएको छ ।

नेपालको सन् २२००९ बाट सम्परीक्षण भएको हो । त्यसपछि सन् २०१३, २०१६ र २०१७ मा अडिट गरिएको थियो । सन् २०१३ मा भने नेपालको हवाई सुरक्षाको स्तर औसतभन्दा कममा परेपछि सुरक्षा चासोको सूचिमा परेको थियो । सोही आधारमा नेपाल यूरोपेली यूनियनको समेत कालोसूचीमा परेको हो ।

तर, सन् २०१७ मा नेपाल यसबाट उम्कन सकेपनि यूनियनको कालोसूची भने कायम छ । प्राधिकरणका अनुसार एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको छ । विश्वको औसतः परिपालना दर ६७.२ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?