+
+

३९१ संगीत सर्जकले बुझे २ करोडभन्दा बढी रोयल्टी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १२:०९
रोयल्टी बुझ्दै गायक मुरलीधर

काठमाडौं । नेपाल रोयल्टी संकलन समाज नेपालले ३९१ जना संगीत सर्जकलाई दुई करोड रुपैयाँभन्दा बढी रोयल्टी प्रदान गरेको जनाएको छ । समाजका महासचिव बद्री पाण्डेका अनुसार सर्जकले रोयल्टीबापत ९ रुपैयाँदेखि १६ लाख रुपैयाँसम्म बुझेका छन् ।

गायक मुरलीधर मिजारले पनि सोमबार चार अंकमा रोयल्टी बुझे । पाँच गीतबाट गायक मुरलीधरले रोयल्टी बुझेका हुन् ।

समाजले गत वर्ष फेसबुकको माउ कम्पनी मेटासँग गीत प्रयोगबापतको रोयल्टीबारे सम्झौता गरेको छ भने चिनियाँ एप टिकटकसँग पनि सम्झौताको तयारी भइरहेको जनाएको छ ।

महासचिव पाण्डेका अनुसार आगामी वर्षदेखि अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा गीत प्रयोग भएबापत अन्तर्राष्ट्रिय रोयल्टी संकलन कार्य पनि सुरु हुने भएको छ । यसका लागि आईएसडब्लुसी भनिने अन्तर्राष्ट्रिय कोड जेनेरेट गर्ने कार्य भइरहेको र उक्त कोडबाट गीतलाई ट्रयाक गर्न सकिने जनाइएको छ । ‘आउँदो वर्षदेखि अन्तर्राष्ट्रिय रोयल्टी संकलन पनि सुरु हुनेछ,’ पाण्डेले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?