+
+
Shares

उर्जा सङ्कट हटाउन मौद्रिक नीति कडा बनाउन श्रीलंकालाई आईएमएफको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १९:३६

१३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले श्रीलंकालाई आफ्नो मौद्रिक नीति कडा बनाउन, कर बढाउन र ऋण सङ्कट हटाउन लचिलो विनिमय दर अपनाउन आग्रह गरेको छ ।

आईएमएफको एशिया र प्रशान्त विभागका कार्यकारी निर्देशक एन्ना–म्यारी गल्ड–वुल्फले एउटा भिडियो सम्मेलनमा भने, ‘हामीले गत हप्ताको अन्त्यमा अधिकारीहरूसँग वार्ताको लागि तयारी हुँदै गर्दा धेरै राम्रो, फलदायी, प्राविधिक छलफल गरेका छौं ।’

श्रीलंकाका वित्तमन्त्री अली सबारी र केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङेले हालै देशका लागि वित्त सहायताबारे छलफल गर्न आईएमएफका अधिकारीसँग भेटवार्ता गरेका थिए ।

यसअघि श्रीलङ्काले बाह्य ऋण भुक्तानी निलम्बन गरेको थियो । एन्ना–म्यारीले भने, ‘कर्जाको स्थायित्वका लागि आवश्यक कोष लिने बिषयमा प्रगति हुनेछ । मुद्रास्फितिलाई नियन्त्रणमा राख्न मौद्रिक नीतिलाई कडाई गर्नुपर्छ । हामीले लचिलो विनिमय दरको आवश्यकता देखिएको छ ।’

उनले कुनै पनि आईएमएफ प्याकेजको महत्व र श्रीलंकासँग सम्झौता गर्न आवश्यक अनुमानित समयबारे भने कुनै प्रतिक्रिया दिएनन् ।

– एजेन्सीको सहयोगमा

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?