+
+

भ्याटको दर १० प्रतिशतमा झार्न उद्योगी-व्यवसायीको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते २०:११

१३ वैशाख, काठमाडौं । उद्योगी व्यवसायीले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै करको दर घटाउनुपर्ने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पुर्वको छलफल कार्यक्रममा बोल्दै अर्थतन्त्रको वर्तमान चुनौतीको समाधान सरकारले आगामी बजेटमार्फत गर्न सक्नुपर्ने उनीहरूको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले अहिलेको अर्थतन्त्रको चुनौती समस्या समाधान उत्पादन र उत्पादकत्व बढाउनु नै भएको बताए । विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै केही वस्तुको आयात प्रतिबन्ध गरेको तर, आयात प्रतिस्थापन गर्ने सरकारले केही कदम नचालेको श्रेष्ठले बताए ।

उनले सरकारले मुलुकलाई आत्मनिर्भर बनाउने बताएर पनि कुन वस्तु वा उत्पादनमा आत्मानिर्भर बन्ने स्पष्ट योजना बनाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिए । कुनै पनि उद्योगहरु उत्पादनशील र अनुत्पादक भन्ने नहुने भन्दै उपाध्यक्ष श्रेष्ठले राज्यले त्यस्तो सोच्न नहुनेउनको भनाइ छ ।

उनले अब सरकारले लिने मूल्यअभिवृद्धि कर (भ्याट)को दर घटाउनु पर्ने बताए । जनयुद्ध बेला राजस्व बढाउनुपर्ने भन्दै बढाएको ३ प्रतिशत भ्याट अब १० प्रतिशत बनाउनुपर्ने उनको माग छ ।

‘मुलुक चुनौतीपूर्ण घडीमा छ, अर्थतन्त्रका सबै समस्याको समाधान उत्पादन हो,उत्पादकत्व बढाउनु पर्छ,’ उनले भने,’त्यसको लागि आन्तरिक उत्पादन बढाउनुपर्छ । हामी आत्मनिर्भर हुनु छ ।’

आयात प्रतिस्थापन गर्नु पर्ने भन्दै उनले यवसायीका समस्यालाई सम्बोधान गर्ने राज्य सँग इच्छा शक्ति छ की छैन भन्ने प्रश्न गर्ने बेला आएको उनको भनाइ छ ।

‘आत्मनिर्भर बन्नु पर्ने छ । केही वस्तु आयातमा प्रतिवन्ध गर्‍यौं । तर आन्तरिक उत्पादन बढाउन हामीले के गर्‍यौं ?’ उनले भने,’आयात प्रतिस्थापन गर्न सरकारले के गर्‍यो ? अब सोच्नु पर्ने बेला भयो ।’

कुनै पनि व्यवसाय अनुउत्पादक नहुने भन्दै उनले सरकारले पनि आफ्नो दृष्टिकोण बदल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?