+
+

‘लुट’को तेस्रो सिक्वेल बन्ने, पटकथा लेखन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते ११:१०
फाइल तस्वीर

काठमाडौं । नेपाली फिल्मको कथावाचनमा ट्रेण्डसेटर कायम राखेको फिल्म ‘लुट’को तेस्रो सिक्वेल निर्माण हुने भएको छ । निर्माता माधव वाग्लेले फिल्मको पटकथा लेखन सुरु भएको जानकारी दिएका छन् ।

सन् २०१२ मा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्मको दोस्रो भाग सन् २०१७ मा प्रदर्शनमा आएको थियो । नेपाली फिल्ममा संकटकाल लगाउने तयारी भइरहँदा ‘लुट’को बक्स अफिस सफलताले आशा जगाएको थियो ।

निर्माता वाग्लेका अनुसार निर्देशक बस्नेतले स्क्रिप्ट लेखन थालेको जानकारी दिए । ‘कहिलेदेखि छायांकन सुरु हुन्छ भन्ने निधो छैन, तर निर्देशकले स्क्रिप्ट लेखन थालेका छन्,’ वाग्लेले अनलाइनखबरसँग भने ।

निर्देशक बस्नेतले पनि लुटको तेस्रो सिक्वेलबारे निर्माता वाग्लेसँग कुराकानी भएपनि धेरै कुरा अघि नबढिसकेको बताए । ‘उहाँसँग कुरा भएको थियो,’ निश्चलले भने ।

तर निर्माता वाग्ले तत्काललाई होम प्रोडक्सन प्रिन्सेस मुभिजको ब्यानरमा बन्ने हिमानी वा विवेक शीर्षकमध्ये कुनै एक फिल्मको निर्माणमा व्यस्त हुन थालेका छन् ।

निर्देशक बस्नेत पनि होम प्रोडक्सन फिल्म ‘जिन्दावाद’ र ‘२ रुपैयाँ’को सिक्वेलको लेखनमा व्यस्त छन् । उनका अनुसार ‘२ रुपैयाँ’को सिक्वेललाई छायांकनमा लैजाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?