+
+
Shares

सीटीईभीटीको स्नातक तहको परीक्षा आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १३:१५

१४ वैशाख, काठमाडौं। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नियमित तथा आंशिक परीक्षाको आवेदन फाराम खुला गरेको छ ।

कार्यलयले सूचना जारी गर्दै डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट, एग्रिकल्चर (प्लान्ट साइन्स, एग्रिकल्चर (एनिमल साइन्स) तथा सोसियल वक्र्स कार्यक्रम प्रथम वर्ष प्रथम खण्ड नियमित तथा आंशिक विद्यार्थीका लागि आवेदन खुला गरेको जनाएको छ ।

आवेदन वैशाख २८ गतेभित्र नियमित शुल्क र जेठ ४ गतेसम्म विलम्ब शुल्क तिरेर फाराम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । कार्यलयले परीक्षा जेठ महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरी बुझाउन अनुरोध गरेको छ ।

साथै विशेष प्राविधि शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुसलमान, लोपोन्मुख, जाति तथा भूकम्प प्रभावित) अन्तर्गत शैक्षिक सत्र २०७३÷०७४ देखि भर्ना भई रजिष्ट्रेसन कायम भएका विद्यार्थीहरुले (प्रथम वर्ष प्रथम खण्ड, दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्ड) को परीक्षार्थीले आंशिक परीक्षाको परीक्षा आवेदन फाराम भर्न पाउने जनाएको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?