+
+

सञ्चालकले नै राष्ट्र बैंकको गोप्य सूचना चुहाए : कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १६:३०

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राष्ट्र बैंकबाट गोप्य सूचनाहरु चुहाएको आरोप लगाएका छन् । राष्ट्र बैंकको वाषिर्कोत्सव समारोहमा बोल्दै उनले राष्ट्र बैंकबाट अति गोप्य सूचना पत्रकारलाई दिइएको भन्दै आक्रोश व्यक्त गरे ।

बन्द भएपछि राष्ट्र बैंक, बैंक र व्यापारिक घरानाको मिलेमतोमा एलसी खोलिएको विवरण सार्वजनिक भएका छन् । त्यसप्रति संकेत गर्दै  उनले राष्ट्र बैंकका एक सञ्चालकले सूचनाहरु राष्ट्र बैंकबाट लगेर अर्थ मन्त्रालयबाट बाहिर चुहाएको बताए ।

उनले गभर्नर महाप्रसाद अधिकारीलाई कपोकल्पित आरोप लगाएर निलम्बन गरिएको समेत बताए । तर अदालतले न्याय दिएको उनको भनाइ छ ।

अर्थतन्त्रका समस्या केन्द्रीय बैंक र अर्थमन्त्रालय मिलेर समाधान गर्नुपर्ने भए पनि अनावश्यक र अवैधानिक हस्तक्षेप गर्न खोजिएको उनलेे बताए ।

‘मानमर्दन भयो’

कार्यक्रममा राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशम गल्छौडेले सरकरको विरोध नगरेको भनेर मान मर्दन गरिएको बताए ।

राष्ट्र बैंकको वाषिर्कोत्सव समारोहमा बोल्दै सर्वाेच्चको आदेशपछि गभर्नर पुनर्वहाली हुनु स्वभाविक भएको भएपनि सरकारको आलोचना नगरेकै कारण एउटा समूहले अर्को समूहलाई मानमर्दन गरेको उनले बताए ।

रााष्ट्र बैंकको नेतृत्वले कर्मचारीमध्ये कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?