+
+

आपूर्तिमा समस्या परे उद्योगलाई भन्छौं, महँगोमा भारतीय बिजुली किनेको छैन

कुलमान घिसिङ कुलमान घिसिङ
२०७९ वैशाख १४ गते २२:३१

उद्योगमा केही दिनदेखि राति विद्युत् आपूर्तिमा समस्या छ । विद्युत् पाएको बेला दिइरहेका छौं ।  भएन पनि अघिल्लो दिन बेलुका ६ बजे भोलि यो-यो समस्या हुन्छ भनेर जानकारी गराउँछौ । यति-यति बजे काट्छौं भन्न सक्दैनौं किन भने कति विद्युत् ल्याउन सकिन्छ भन्ने टुंगो नै हुँदैन ।

कुनै बेला स्वीकृत लोडअनुसार नै २४ सै घण्टा विद्युत उपलब्ध गराएका छौं । कुनै वेला १२ घण्टा, १८ घण्टा दिनु पर्ने हुन्छ । आयातको आपूर्ति चेन कसरी हुन्छ सोही आधारमा उद्योगलाई विद्युत आपूर्ति हुन्छ । यो समस्या १०/१५जति होला जस्तो छ ।

त्यसलै केही समस्या आयो भने बेलुका बिहान केही ठाउँमा विद्युत कटौती गर्नुपर्ने अवस्था हुन सक्छ । यो लामो नहुन सक्छ । बिहारले पनि एक/दुई दिनमा मिलाउँछौं भनेको छ । मिलेको बेलामा एक घण्टा अगाडि जानकारी दिएर बिहारले विद्युत दिइनै रहेको छ ।

हिउँ पग्लिएर खोला नालामा पानीको बहाव बढ्ने भएकोले हाम्रो आन्तरिक उत्पादन पनि बढ्ने भएकोले हामीलाई आन्तरिक उत्पादनले नै पुग्ने छ । हामीले अहिले अपुग भनेको ३ सय मेगावाट हो । गत वर्ष यो बेला दैनिक ८ सय मेगावाट विद्युत आयात भएको थियो ।

यो करिब ६० प्रतिशत आयात भएको थियो ।  तर, यो वर्ष माथिल्लो तामाकोसी आएकोले आयात घटेको छ र पिक ऊर्जाको व्यवस्थापन गर्न अत्यन्तै सुविधाजनक छ । पिकमा आयात कम गछौं । २००-२५० मेगावाटको हाराहारीमा मात्र आयात हुन्छ ।

महँगोमा बिजुली किनेको भन्ने हल्ला मात्र

आयातको मूल्य महंगो त भयो तर बाहिर चर्चा गरिएको जस्तो ३८ रुपैयाँ प्रतियुनिट चाहिं हैन । भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा किनेको भनेर बाहिर धेरै आयो । यो कुनै पनि हालतमा हैन ।

भारतको इनर्जी एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धा गर्न पाउने अधिकतम् २० भारतीय रुपैयाँ -३२ रुपैयाँ)लाई ३८ रुपैयाँमा आयात गरियो भन्दै हल्ला गरियो ।

एक दिन हामीले १५ मिनेटको ब्लकमा २० भारु प्रतियुनिट मूल्य कोट गरेका थियौं त्यसमा १८ भारु -२८.८ नेरु) परेको  रहेछ, त्यो पनि १५ मिनेको ब्लकमा । यसभन्दा हामीले माथि कोट गरेकै छैन ।

अहिले १२ भारु प्रतियनिटको सीमा लगाइदिएकोले त्यसभन्दा बढी कोट गर्ने कुरै भएन । अहिले हामी उत्कृष्ट मूल्य हुने गरी मूल्य कोट गछौं । ‘अप्टिमाइज इम्पोर्ट’ कसरी हुन्छ त्यतातर्फ ध्यान दिएर हामीले विद्युत आयात गरिरहेका छौं ।

हामीले मंसिरसम्म विद्युत आयात गर्नु परेको थिएन । अलिअलि निर्यात नै गरिरहेका थियौं । आयात पुसबाट सुरु भएको हो । पुसतिर जाडोको कारण हाम्रो माग बढी थियो भने भारतको कम ।

पुसमा विद्युत आयात गर्दा प्रतियुनिट औसत मूल्य तीन भारु -४.८ रुपैयाँ) भन्दा कम थियो । पिकमा अहिले बढी आउँथ्यो । माथिल्लो तामाकोसीले धान्ने भएकोले साँझ र बिहान पिकमा आयात नै गर्नु पर्दैन थियो ।

बिहारबाट प्रतियुनिट ६.१८ भारु (९.८८ रुपैयाँ)मा आयात गर्थ्यौं । त्यसैले भारतीय प्रतिस्पर्धी बजारमा योभन्दा बढी कोट नै गर्दैन थियौं । ६.१८ भारुलाई आधार मूल्य तय गरी प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्थ्यौं । एक दिन त औसत मूल्य प्रतियुनिट  १.८३ भारु (२.९२ रूपैयाँ) आएको छ । पुस, माघ, फागुनसम्ममा आयाति विद्युतको प्रतियुनिट औसत मूल्य ३ भारु (४.८ रुपैयाँ)भन्दा कम छ ।

यसमा प्रसारणलाइन शुल्क ५३ पैसा थप्दा औसत ३.५३ भारु छ । रातिको मूल्य सस्तो भएकोले सोही समयमा आयात गरेकोले औसत मूल्य कम भएको हो । माथिल्लो तामाकोशीलाई पिकिङ गरी पिक समयको महँगो विद्युत कहिले पनि किन्दैन थियौं ।

राति ९९ पैसा भारुमा किनेर आयात गरेका छौं, २ सय देखि ३ सय मेगावाटसम्म । फागुनसम्म ३.५३ भारुको हाराहारीमा थियो । चैतमा आएपछि भारतमा विद्युतको मूल्य दैनिक रुपमा एक्कासी बढ्यो । तर, पनि त्यतिवेलासम्म आन्तरिक रुपमा व्यवस्थापन गरी हामीले पिकमा किनेनौं ।

चैतमा भारतीय बजारमा मुल्य बढेका कारण यस अवधिसम्मको औसत मूल्य केही बढ्यो । बिहारबाट फागुनसम्म विद्युत ल्याएनौं । प्रतिस्पर्धी बजारमा सस्तोमा पाउँदा पाउँदै बिहारबाट ६.१८ भारुमा किन ल्याउने ? प्रतिश्पर्धी बजारमा सस्तो थियो । यसरी हामीले ‘अप्टिमाइज इम्पोर्ट’ गरेका हौं । चैतसम्ममा आयातित विद्युतको प्रतियुनिट औसत मूल्य ४.५० भारुको हाराहारीमा छ ।

बैशाखको १५ गतेसम्ममा औसत मूल्य केही बढेको छ । किनभने हामीले औसत मूल्य नै प्रतयुनिट १२ भारु थियो । तर, धेरै परिमाणमा आयात भएको छैन । पुसदेखि अहिलेसम्मको औसत मूल्य प्रतियुनिट करिब ५.२० भारु छ ।

सो प्रसारण शुल्क सबै जोडेर भएको मूल्य हो । कुनै बेला सस्तो किनेको छ कुनै बेला महंगो भयो त्यसको औसत मूल्य हेर्नु पर्ने हुन्छ । आन्तरिक उत्पादनले नधान्ने भएकोले करिब एक महिना पाएसम्म भारतबाट आयात गर्नु पर्ने हुन्छ ।

बाँकी अवधिकोसहित आयाति विद्युतको प्रतियुनिट मूल्य औसतमा ६ भारुको हाराहारीमा हुन्छ । महँगोमा बिजुली किनेकै छौं । द्विपक्षीय सम्झौता गरेर महंगोमा किनेको भए आरोप सही हुनसक्थ्यो । प्रतिस्पर्धी बजारमा तय भएको दरमा किनिउको हो । बिहारबाट पनि किन्नु पर्ने भएकोले औसत मूल्य केही माथि गएको हो ।

सस्तोमा बेच्यो भन्ने आरोग पनि गलत छ । गत सेप्टेम्बर र अक्टोरबरमा बिहारलाई दियौं । बिहारमा बिक्री गरिएको विद्युतको प्रतियुनिट मूल्य ६.१८ भारु हो । जति मूल्यमा आयात भयो त्यतिमै निर्यात गरिएको हो । इनर्जी एक्सचेन्ज मार्केटमा नोभेम्बरबाट डिसेम्बरको मध्यसम्म बिक्री गर्न पाएको हो । ३९ मेगावाट डेढ महिना बिक्री गरेको हो । त्यसपछि त आन्तरिक उत्पादनले नधान्न थालेपछि आयात सुरु गरिएको हो । त्यतिवेला खपत गरेर बचत भएको करिब ५/६ सय मेगावाट अतिरित्त ऊर्जा थियो ।

दशैंको बेला त ८ सय मेगावाटको हाराहारीमा थियो । त्यतिवेला १ हजार ८ सय मेगावाटको उत्पादन ८ सय मेगावाटको विद्युत माग थियो । औसतमा ३/४ सय मेगावाट खपत गर्न नसकी खेर गएकै हो । हामीले भारतबाट स्वीकृति पाएपछि ३९ मेगावाट एक्सचेन्ज बजारमा बिक्री गरेका हौं । हामीले जति कोट गरेपनि विद्युत बिक्री भएन भने शून्यमा आउनु पर्छ नि । डेढ महिनाको ३९ मेगावाटको ३.५० भारु औसत मूल्य पाएका हौं ।

दीर्घकालीन विद्युत खरिद बिक्री सम्झौता अनुसार नभएर ९६ वटा ब्लकमा प्रतिपस्र्धी दरमा तय भएको रेटमा बिक्री गरिएको हो । अहिले हामीसँग अतिरिक्त ऊर्जा भएको भए प्रतियुनिट औसत मूल्य १२ भारु पाउँथ्यौं ।

(घिसिङले शुक्रबार पत्रकारहरुसँग गरेको अन्तरक्रियामा व्यक्त गरेको विचार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?