+
+

प्रदेशसभा सदस्यबाट राजीनामा दिने मल्लको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १४:३२

१५ वैशाख, डडेलधुरा । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्लले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसले पार्टीबाट निस्कासन गरेपछि मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले भने, ‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गणका हाकिम हटाएझैं पार्टीको विधिविधान कुल्चेर मलाई दोस्रो पटक कांग्रेसको साधारण सदस्य समेत नरहने गरी हटाइएको छ । मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा रहन नैतिकतले दिंदैन । आजैदेखि म प्रदेशसभा सांसद नरहेको घोषणा गर्दछु ।’

डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवा र मल्ल पक्षबीच लामो समयदेखि विवाद थियो । स्थानीय तह निर्वाचनमा मल्ल समूहले एमालेसँग तालमेल गरेपछि कांग्रेसले कारबाही गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?