+
+

गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते ९:५८

१६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भएपनि समय अभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

गभर्नर अधिकारीले सरकारले विनाकारण आफूमाथि छानबिन समिति गठन गरेको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वर्षको चैत २५ गते बसेको मन्त्रिपरिषदले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उनी निलम्वनमा परेका थिए ।

तर वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि गभर्नर अधिकारी काममा फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?