+
+

अबको ३ दिन देशका विभिन्न ठाउँमा वर्षा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १२:१०

१६ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्सहित वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले आगामी ३ दिनको मौसमको पूर्वानुमान गर्दै आइतबार रातिसम्म नै देशका विभिन्न ठाउँमा मध्यमदेखि हल्का वर्षा हुने जनाएको छ ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागमा अबको २४ घन्टामा वर्षा हुने विभागले जनाएको छ ।

अहिले देशका पहाडी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकोले आंशिकदेखि सामान्य बदली भएको विभागले स्पष्ट पारेको छ ।

हेर्नुहोस् विभागको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?