+
+

भरतपुरका बागी मनाउन आएका दुई मन्त्री फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १३:४०

१६ वैशाख, चितवन । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ताका लागि मनाउन आएका दुई मन्त्री काठमाडौं फर्किएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ शुक्रबार दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्किएका हुन् । गृहमन्त्री खाँण वैशाख १४ गते र राज्यमन्त्री श्रेष्ठ १५ गते भरतपुर आएका थिए । उनीहरुले वैशाख १५ गते स्वतन्त्र उम्मेदवार पौडेललाई घरमा नै गएर भेटेका थिए ।

काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री खाँणले उम्मेदवार पौडेलले विवेकसम्मत निर्णय लिने बताए । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन पाउने समय शुक्रबार साँझ ५ बजेसम्मलाई तोकेको छ ।

भरतपुरमा रहँदा मन्त्री खाँणले कांग्रेस केन्द्रीय सदस्य, पूर्व पार्टी सभापतिसहितका नेताहरुलाई भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?