+
+
फुटबल खेलाडी र प्रशिक्षकको विवाद : :

तत्काल एन्फा कार्यसमिति बैठक बोलाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १६:००

१६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका तीन उपाध्यक्ष र एक सदस्यसहित चार जनाले तत्काल कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।

राष्ट्रिय फुटबल टिमका खेलाडी र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्कासहित केन्द्रिय सदस्य दावा लामाले बैठक माग गरेका हुन् ।

खेलाडी र प्रशिक्षकको विवाद अत्यन्त संवेदनशील विषय भएको भन्दै उनीहरुले तत्काल बैठक बसेर निर्णय गर्नुपर्ने बताएका छन् ।

यो विषयमा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल गर्ने कुरा भए पनि भेट नभएपछि एन्फामा पत्र नै दर्ता गरेको वरिष्ठ उपाध्यक्ष पंकजले बताए ।

केही सदस्यले राजीनामा दिईसकेको भन्दै  हाल कायम पदाधिकारी मध्ये एक तिहाईले बैठक माग गरेकोले कार्यसमिति बैठक बस्नुपर्ने बताए ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मानसिक रुपमा दबाव दिने गरेको भन्दै एशिया कप छनोटको तयारीमा रहेका १० जना  खेलाडीले प्रशिक्षण छाडेका छन् ।

प्रशिक्षक अल्मुताइरीले भने उनीहरुको सट्टा अरु नयाँ खेलाडी थपेर प्रशिक्षणलाई निरन्तरता दिइरहेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?