+
+

‘धाकड’को ट्रेलर : जबरजस्त एक्सन अवतारमा कंगना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १७:५२

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत स्टारर फिल्म ‘धाकड’को आधिकारिक ट्रेलर रिलिज भएको छ ।

शुक्रबार रिलिज गरिएको एक्सन-थ्रिलर यो फिल्मको ट्रेलरमा कंगनाको भरपुर एक्सन दृश्य देख्न सकिन्छ । कंगनाले फिल्ममा जबरजस्त स्टन्ट समेत गरेकी छन् । ट्रेलरमा फिल्मका अर्का मुख्य कलाकार अर्जुन रामपाल र दिव्या दत्तालाई पनि स्थान दिइएको छ ।

रजनीश राजी घईको निर्देशनमा बनेको यो ‘धाकड’ आगामी मे २० मा रिलिज हुँदैछ । फिल्म हिन्दीका साथै तेलुगू, तमिल र मलायलम भाषामा पनि रिलिज गरिने जनाइएको छ ।

रितेश शाहले लेखेको फिल्मका निर्माता दीपक मुकुट र सोहेल मक्लै हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?