+
+
Shares

विराटनगरमा कोइरालाको संकल्प : ताररहित सडक, ३० युनिट बिजुली नि:शुल्क

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १८:५७

१६ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकामा मेयरका उम्मेदवार नागेश कोइरालाले ५९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् । मेयरमा उम्मेदवारी दिएका उनले शुक्रबार संकल्प पत्र सार्वजनिक गरेका हुन् ।

कोइरालाले सार्वजनिक गरेको संकल्प पत्रमा जटिल शल्यक्रियाका लागि मेट्रोसिटी अस्पताल निर्माण गर्ने, प्रति महिना ३० युनिटसम्म विजुली खपत गर्ने महानगरबासीसँग शुल्क नलिने, नगर बस सञ्चालन गर्ने, भूमिगत पार्किङसहितको सभागृह निर्माण गर्ने, विद्युत, टेलिफोन इन्टरनेटलगायतका तारलाई भूमिगत गर्न पहल गर्ने उल्लेख छ ।

त्यस्तै सामुदायिक विद्यालयहरुमा प्याड बैंक स्थापना गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने, प्रविधिको माध्यमबाट जनतालाई घरघरमा महानगरको सेवा प्रदान गर्ने, ६५ वर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने, केसलिया र सिंघिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिन बेल्ट करिडोर निर्माण गर्ने, बजार क्षेत्रमा सीसी क्यामेरा जडान गर्ने संकल्प पनि कोइरालाले गरेका छन् ।

महानगर प्रमुखले पाउने सुविधा सामाजिक कार्यमा खर्च गर्ने, तारे होटल र एक सय जनालाई रोजगारी दिने सपिङ कम्प्लेक्स र मललाई पाँच वर्षसम्म करमा ५० प्रतिशत छुट दिने, विराटनगरमा औद्योगिक र राजनीतिक संग्रहालय निर्माण गर्ने, विराटनगर रानीदेखि विराटनगर–१९ सम्म सटल बस सञ्चालन गर्ने संकल्प पत्रमा उल्लेख छ ।

संंकल्प पत्र सार्वजनिक गर्दै मेयरका उम्मेदवार कोइरालाले करको दर घटाउँदै दायरा बढाउने प्रतिवद्धता जनाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?