News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले दुई दशकपछि हलको रिनोभेसन गरी अन्तर्राष्ट्रियस्तरको प्रविधि जडान गरेको छ।
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको मल्टिप्लेक्स बिग मुभिजले अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्र्याएको छ । बिग मुभिजले दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गरेको थियो ।
कम्पनीले अहिले हलको रिनोभेसन गरिरहेको छ । रिनोभेसनका क्रममा आफ्नो मूल नारा ‘एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफिरेन्स’लाई सार्थक बनाउन हलको प्रविधि, ध्वनि, सिट, वातावरणजस्ता सबै पक्षमा अन्तर्राष्ट्रियस्तर कायम गरेको छ ।
बिग मुभिजले स्टेट अफ द आर्ट दृश्य प्रविधि बारको ४के आरजीबी लेजर प्रोजेक्टर जडान गरेको छ । कम्पनीले युरोपेली ब्रान्डको बहुचर्चित बारको एसपी४के–२०सी (सिरिज ४) स्मार्ट लेजर प्रोजेक्टरमा २१,००० ल्युमेन्सको ब्राइटनेस र ४के (४०९६x२१६०) को नेटिभ रिजोलेसन रहेको छ । पर्दामा फिल्मका दृश्यहरूलाई अत्यन्त स्पष्ट, चम्किलो र जीवन्त बनाउन कम्पनीले ठूलो रकम खर्चेर यो प्रोजेक्टर जडान गरेको हो ।
फिल्मका दृश्यमा वास्तविक र उच्च गुणस्तरीय रङ संयोजनका लागि ९८.५ प्रतिशतभन्दा बढी रेस २०२० र डीसीआईए३ कलर स्पेस सपोर्ट गर्ने प्रविधि जडान गरिएको छ ।
साउन्ड सिस्टमतर्फ थ्री–डी इमर्सिभ साउन्ड सिस्टम (डल्बी एटमस ६४–च्यानल सिस्टम जडान गरिएको छ । परम्परागत साउन्ड सिस्टमभन्दा फरक हरेक स्पिकरलाई स्वतन्त्र अडियो फिड दिने गरी ६४–च्यानल डल्बी एट्मस प्रविधि जडान गरिएको छ ।
हलको ओभरहेड र चारैतिर राखिएका स्पिकरहरू तथा सीपी(५)ए साउन्ड प्रोसेसरको मद्दतले १२८ वटासम्म साउन्ड अब्जेक्टहरूलाई एकैपटक नियन्त्रण गरी दर्शकलाई चारैतर्फबाट वास्तविक ध्वनि अनुभव गराउँछ । यी स्पिकरका कारण विशेषगरी एक्सन/साउन्ड–इन्टेन्सिभ चलचित्रहरूमा दर्शकले थप रोमाञ्चक अनुभव लिन पाउँछन् ।
हलका सिटहरूलाई पनि आरामदायी बनाइएको छ । दर्शकलाई विशेष अनुभूति दिलाउन नयाँ लक्जरी तथा एर्गोनोमिक सिटिङ (प्रिमियम सिटिङ) राखेको छ । दर्शकको सहजताका लागि २५५ वटा २२ इन्चका ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सीहरू राखिएका छन् । यी कुर्सीमा एडभान्स एर्गोनोमिक्स, रिच ल्यामिनेटेड फेब्रिक र थ्री–पोजिसन लकिङ सुविधा छ ।
थप विलासी र आरामदायी अनुभवका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ क्रिम कलर रिक्लाइनरहरू जडान गरिएको छ ।
हलभित्र नयाँ कार्पेटिङ, अकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङको व्यवस्था गरी पूर्ण रूपमा नयाँ वातावरण तयार पारिएको बिग मुभिजका चेयरम्यान राजेन्द्र अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रतिक्रिया 4