+
+

ओली नेतृत्वमा भएको चुनावी गठबन्धन प्रतिगामी हो : रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते ११:५८

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् । कांग्रेस नेतृत्वमा भएको गठबन्धनलाई भने उनले परिवर्तनका पक्षधर शक्तिहरू बीचको पवित्र गठबन्धन भनेका छन् ।

तनहुँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरूको परिचयात्मक कार्यक्रममा नेता पौडेलले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूका बीचमा गठबन्धन भएको दाबी गरे ।

पौडेलले कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र कांग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘चुनावमा जाँदा जनतामा कन्फ्युजन हुने कुारा बोल्न हुँदैन् । विकास र रजनीतिलाई लिएर जान कांग्रेस चाहान्छ । गाउँको विकास र लोकतन्त्र जोगाउछौं । लोकतन्त्र संविधान जोगाउन गठबन्धन षरेको हो । राजनीति स्यायी गरेर विकासको बाटो डोर्‍याउन गठबन्धन गरिएको हो ।’

उनले कांग्रेसले विदेश पलायन हुने अवस्था रोक्नका लागि गाउँमा आम्दानी गाउँमै रोजगारीको अभियान थाल्न लागेको बताए । पौडेलले कांग्रेसले कम्युनिष्टहरूले जस्तो जनतालाई कहिल्यै नझुक्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?