+
+

गुल्मीमा ९२ जना उम्मेदवारको मनोनयन फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १४:५१

१७ वैशाख, गुल्मी । गुल्मी जिल्लामा स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका ९२ जनाले मनोनयन फिर्ता लिएका छन् ।

जिल्लामा कुल उम्मेदवार एक हजार ३२५ मध्ये विभिन्न पदमा उम्मेदवारी दिएका ९२ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

जसमध्ये गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका ७३ जनामध्ये १३ जनाले उम्मेदवारी मनोनयन दर्ता फिर्ता लिएको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले बताइन । १२ जना गाउँ नगरपालिका अध्यक्ष पदका लागि अब ६० जना उम्मेदवार मात्रै बनेका छन् ।

गाउँपालिका उपाध्यक्ष पदमा ५१ जनाले उम्मेदवारी दिएकोमा ९ जनाले उम्मेदवारी मनोनयन दर्ता फिर्ता लिएका छन् । मनोनयन दर्ता फिर्ता लिएपछि ४२ जना उम्मेदवार उपाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका छन् ।

त्यस्तै वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका ३४३ जनामध्ये ४६ जनाले उम्मेदवारी दर्ता फिर्ता लिएको निर्वाचन अधिकृत कुँवरले बताइन् । ९३ जना वडाअध्यक्ष पदका लागि २९७ जनाको उम्मेदवारी रहेको छ ।

१२ वटा स्थानीय तह रहेको गुल्मी ४ सय ८९ पदका लागि १२४३ जनाको उम्मेवारी परेको छ । स्थानीय तह निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् ।

निर्वाचनको लागि १ सय ४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?