+
+

महासंघले भन्यो- औद्योगिक क्षेत्रको लोडसेडिङ हटाऊ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १२:२८

१८ वैशाख, काठमाडौं । औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योग गम्भीर संकटमा पर्न थालेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

मुलुकका प्रमुख औद्योगिक करिडोरका सयौं उद्योगहरू दैनिक पूर्वसूचनाविना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थला पर्ने अवस्थामा पुुगेको महासंघले उल्लेख गरेको छ । यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकूल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चर्को लोडसेडिङले अब उद्योग संचालन गर्न नसक्ने अवस्था आएको तर्फ ध्यानाकर्षण गराउँदै अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रह सहित सयौं उद्योगहरूबाट महासंघमा अनुरोध पत्र आएको समेत बताइएको छ ।

‘लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो–भोल्टेज लगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपर्झट विद्युत आपूर्ति बन्द हु“दा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहु“दा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हु“दा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र सा“वा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएकोतर्फ महासंघ सरकार र नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराउ“छ,’ महासंघले भनेको छ ।

प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विगतमा पटकपटक गरेको प्रतिवद्धताको महासंघ स्मरण गराउन चाहेको समेत बताएको छ ।

उत्पादन लागत निरन्तर बढीरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको सोधनान्तर घाटालाई थप फराकिलो बनाउने समेत विज्ञप्तीमा उल्लेख छ । विद्युतको नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुुम्न गई समग्रमा निर्यात नै प्रभावित हुनेछ ।

विद्युत उर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग सञ्चालन गर्दा उच्च लागत पर्ने र अहिले इन्धनको बढ्दो लागत कारण त्यो असम्भव प्रायः छ, त्यसरी उत्पादन गरेका वस्तुु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले आम जनजीवन थप कष्टकर हुने महासंघले जनाएको छ ।

विद्यमान समस्याको तत्काल समाधानका लागि कूटनीतिक माध्यमबाट भारतसँग छलफल गरी नेपाललाई दिंदै आएको विजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्व पहल गर्न महासंघले भनेको छ । उद्योगहरूमा विद्युत कटौती हुने तालिका सार्वजनिक गर्न र विजुली दिन्छु भनेको समयमा निर्वाध विद्युत आपूर्तिको सुनिश्चितता दिलाउन महासंघले आग्रह गरेको छ ।

निजी क्षेत्रका ऊर्जा उत्पादकहरूस“ग थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुु पर्ने, विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खोल्न र आयातित विद्युतको गुणस्तरमा ध्यान दिनुुपर्नेतर्फ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण समक्ष आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?