+
+
Shares

उद्योगमा लामो समय लाइन काटिएपछि खोल्न मध्यमार्गी पहल गरिएको हो : महासंघ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघले उद्योगहरूमा लाइन काटिएको विषयमा मध्यमार्गी बाटो निकाल्न पहलमात्र गरेको बताएको छ।
  • महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काटिएको लाइन जोड्ने, धरौटीको एक किस्ता तिर्ने र कानुनी प्रक्रियामा जाने सहमति भएको जानकारी दिनुभयो।
  • महासंघले सोमबार प्रधानमन्त्री र विभागीय मन्त्रीहरूसँग मौखिक छलफलमा यस्तो सुझाव दिएको र निर्णय लिखित नभएको उल्लेख गरेको छ।

१८ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगहरूमा लाइन काटिएको लामो समय भएका कारण त्यसको मध्यमार्गी बाटो निकाल्न पहलमात्र गरिएको बताएको छ ।

महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘महासंघले काटिएको लाइन जोड्ने, धरौटीका रूपमा एउटा किस्ता तिर्ने र कानुनी प्रक्रियामा जाने गरी सहमति गरेको हो ।’

महासंघ कुनै न्यायिक निकाय नभएका कारण यसलाई मध्यमार्गी बाटोका रूपमा मात्र लिनुपर्ने उनले बताए । सोमबार प्रधानमन्त्री र विभागीय मन्त्रीहरूसँगको छलफलमा महासंघले यस्तो सुझाव दिएको हो । सोमबार भएको निर्णय लिखित नभएर मौखिकमात्र भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?