+
+

आईजीपीको विदाइ कार्यक्रममा गएनन् सिनियर एआईजी पोखरेल र थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १८:३६

१८ वैशाख, काठमाडौं । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीलाई विदाइ गर्न आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल र सहकुलबहादुर थापा उपस्थित भएनन् ।

आइतबार दिउँसो सरकारले तेस्रो वरियताका धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि रुष्ट बनेका पोखरेल र थापा प्रहरी प्रधान कार्यालय, नक्सालको कार्यक्रममा सहभागी नभएका हुन् । प्रहरी प्रधान कार्यालय, नक्सालले आईजीपी क्षेत्रीसहितका अवकाश पाउन लागेका उनका ब्याचका १९ उच्च प्रहरी अधिकृतलाई विदाइ गर्न कार्यक्रम राखेको थियो ।

सरकारले आईजीपीमा सिंहलाई नियुक्त गरेपछि पोखरेल र थापाले अदालतमा रिट निवेदन लिएर जाने तयारी गरेका छन् ।

कार्यक्रममा सहभागी एक उच्च प्रहरी अधिकृतका अनुसार विदाइ समारोहमा आईजीपी क्षेत्रीका ब्याचबाट एआईजी बढुवामा असन्तुष्टि जनाउँदै अदालतमा रिट निवेदन दिने डीआईजी घनश्याम अर्याल र ईश्वरबाबु कार्की पनि सहभागी भएका थिएनन् । उनीहरु पनि आईजीपी क्षेत्रीसँगै आइतबार राति १२ बजेदेखि अवकाशमा जानेछन् ।

स्रोतका अनुसार अवकाशमा जानेमध्ये क्षेत्रीको ब्याचका एसएसपीहरु पनि कार्यक्रममा गएनन् । अन्य केही डीआईजी पनि कार्यक्रममा सहभागी भएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?