+
+

स्थानीय तहका उम्मेदवार २१ देखि ९४ वर्षसम्मका

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते ८:४१

१९ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा प्रौढ उम्मेदवारहरुको बाहुल्य देखिएको छ । निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक आँकडा अनुसार उम्मेदवारहरु २१ वर्षदेखि ९४ वर्ष उमेरसम्मका छन् ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्षकी उम्मेदवार निशा थारु २१ वर्षकी छन् । उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी हुन् ।

यसैगरी मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ का वडा सदस्यका उम्मेदवार सूर्य नारायण मण्डल ९४ वर्षका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार छन् ।

४१ देखि ६० वर्षका उम्मेदवारहरुको संख्या आधा छ । ४० वर्षमुनिका उम्मेदवारहरु ४१ प्रतिशत छ । यसरी हेर्दा ६० वर्ष मुनिका उम्मेदवारहरुले कूल उम्मेदवारीको ९० प्रतिशत हिस्सा ओगटेको देखिन्छ ।

आयोगको विवरण अनुसार, अवकाशपछिको उमेर मानिने ६० देखि ७० वर्षसम्मका उम्मेदवारहरुको संख्या करिव १० हजारको हाराहारीमा छ । ८० वर्षपछिका उम्मेदवारहरुको संख्या निकै नगन्य छ ।

तालिका १ : उमेरलाई २० वर्षको अन्तरमा वर्गीकरण गर्दाको अनुपात

उमेर उम्मेदवार संख्या प्रतिशत
२१–४० ५९४०२ ४१.००
४१–६० ७२७५८ ५०.२२
६१–८० १२५९४ ८.६९
८१–९४ १०५ ०.०७
कूल १४४८५९ १००

विवरण अनुसार, ३१ देखि ४० वर्षसम्मका युवाहरुको उम्मेदवारी करिव ४३ हजार ४ सय छ । त्यसैगरी ४१ देखि ५० वर्षका उम्मेदवारहरु ४३ हजारको हाराहारीमा छन् । ५० वर्षभन्दा माथिको उमेरमा उम्मेदवारहरुको संख्या घट्दै गएको देखिन्छ ।

तालिका २ : उमेरलाई १० वर्षको अन्तरमा वर्गीकरण गर्दाको अनुपात

उमेर उम्मेदवार संख्या
२१–३० १५९६०
३१–४० ४३४४२
४१–५० ४२९१०
५१–६० २९८४८
६१–७० १०८५१
७१–८० १७४३
८१–९० १०१
९० भन्दा माथि
कूल १४४८५९

निर्वाचन आयोगको विवरण हेर्दा, ३८ देखि ४३ वर्षसम्मका उम्मेदवारहरुको संख्या बढी देखिन्छ । सबै उम्मेदवारहरुको औसत उमेर ४४ वर्ष देखिन्छ । ३० वर्षसम्मका उम्मेदवारहरुको संख्या नगन्य छ भने त्यसपछि बढ्दै गएको देखिन्छ ।

५५ वर्ष पछिका उम्मेदवारहरुको संख्या पनि क्रमिक रुपमा घट्दो देखिन्छ । आँकडा हेर्दा, साना र भर्खरै स्थापित दलहरुले कम उमेरका उम्मेदवारहरुलाई अघि सारेको देखिन्छ ।

तालिका ३ : उमेर अनुसार उम्मेदवारको अनुपात

उमेर संख्या प्रतिशत
21 412 0.28
22 638 0.44
23 835 0.57
24 1180 0.81
25 1536 1.06
26 1931 1.33
27 1848 1.27
28 2360 1.62
29 2501 1.72
30 2719 1.87
31 3127 2.15
32 3441 2.37
33 4063 2.80
34 4370 3.01
35 4278 2.95
36 4594 3.17
37 4325 2.98
38 5096 3.51
39 4918 3.39
40 5230 3.61
41 4555 3.14
42 4860 3.35
43 4818 3.32
44 4223 2.91
45 4007 2.76
46 4186 2.88
47 3554 2.45
48 3978 2.74
49 3794 2.61
50 4935 3.40
51 4143 2.86
52 4071 2.81
53 3829 2.64
54 3501 2.41
55 3081 2.12
56 2777 1.91
57 2191 1.51
58 2264 1.56
59 1921 1.32
60 2070 1.42
61 1753 1.21
62 1637 1.13
63 1471 1.01
64 1270 0.87
65 1048 0.72
66 1000 0.69
67 780 0.53
68 698 0.48
69 604 0.41
70 590 0.40
71 384 0.26
72 295 0.20
73 258 0.17
74 216 0.14
75 171 0.11
76 125 0.08
77 116 0.08
78 83 0.05
79 52 0.03
80 43 0.02
81 28 0.01
82 18 0.01
83 16 0.01
84 19 0.01
85 6 0.004
86 7 0.004
87 3 0.002
89 1 0.0006
90 3 0.002
91 2 0.001
94 2 0.001
कूल 144859 100

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?