+
+

सातबुँदे घोषणापत्र जारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते ११:४५

काठमाडौं । सातबुँदे घोषणापत्र जारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सम्पन्न भएको छ । वैशाख १६ देखि १८ गतेसम्म चलेको महोत्सवमा नेपाल तथा भारतका विभिन्न प्रान्तमा आएका तीन दर्जन साहित्यकारको सहभागिता रहेको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेको महोत्सवको पहिलो दिन नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउने साहित्यकारहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा डा. वासुदेव त्रिपाठी, मोदनाथ प्रश्रित, डा. गोविन्दराज भट्टराई, बैरागी काइँला, प्राज्ञ माया ठकुरी, डा. गार्गी शर्मा, वेन्जु शर्मा, पद्मावती सिंह, हिरण्यकुमारी पाठक लगायत छन् । महोत्सवमा कार्यपत्र प्रस्तुति, बहुभाषिक कवि गोष्ठी, प्यानल डिस्कसन, काव्य मुशायरा लगायतका कार्यक्रम राखिएको थियो ।

जारी गरिएको सातबुँदे घोषणापत्रमा नवोदित तथा लुकेका प्रतिभाहरुलाई प्रोत्साहन दिने, अन्तरदेशीय अनुवाद आदानप्रदान गर्ने, साहित्य महोत्सवलाई निरन्तरता दिने लगायतका विषय छन् । नेपाल-भारत साहित्य महोत्सवको अध्यक्षता राधेश्याम लेकालीले गरेका थिए भने भारतीय टोलीको नेतृत्व डा. विजय पण्डितले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?