+
+

विश्व फेसनको भव्य मेला आज न्युयोर्कमा, समावेशी फेसनको बहस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १२:३०

काठमाडौं । विश्वकै ठूलो फेसन मेला ‘मेटगाला २०२२’ सोमबारदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ । कोरोना महामारीले दुई वर्ष रोकिएको यो मेला यस वर्ष भौतिक रुपमै हुन लागेको हो ।

सोमबारदेखि नै रेडकार्पेट सुरु भए पनि नेपाली समयानुसार सोमबार मध्यरातमा विश्व फेसनको ठूलो जमघट हुन लागेको हो । किम कार्दसियन र उनका नयाँ प्रेमीले रेडकार्पेट नापेसँगै मेटगाला-२०२२ को रेडकार्पेट सुरु भएको छ ।

न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टको च्यारिटी संकलनका लागि बर्सेनि मेटगाला आयोजना हुने गर्छ । पहिरन प्रस्तुतिको रुपमा दुई भागमा यसपटकको संस्करण आयोजना हुनेछ ।

यसपटकको मेटगालाको थिम ‘अमेरिका : फेसनको संग्रह’ भन्ने रहेको छ । ड्रेस कोड पनि सुनौलो ग्ल्यामर र सेतो टाइ तोकिएको छ । समावेशी फेसन, अमेरिकी संसारलाई विश्वभर फैलाउने योजना र फेसनमा योगदान पुर्‍याउनेप्रति यसपटकको थिम राखिएको छ ।

यसपटकको संस्करणमा अमेरिकी फेसन डिजाइनरले १९ औं शताब्दीको फेसन डिजाइनमा प्रस्तुत हुने अपेक्षा छ । यसपटक मेटगालाका सेलिब्रिटी अतिथिको नाम निकै गोप्य राखिएको छ । पूर्वसन्ध्यामा समेत नाम सार्वजनिक गरिएको छैन ।

तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेम्मा चेन, केटी पेरी, कार-जनेर फेमिलीअन्तर्गत किम कार्दसियन, खोले कार्दसियन, कोर्टी कार्दसियन, क्रिस जनेर, केन्डल जेनर, काइली जेनर, जेनिफर लोपेज, बेन एफलेक, बेला हदिद प्रस्तुत हुने जनाएका छन् ।

भग म्यागजिनले बियोन्से, रिहाना, लेडी गागा र म्याडोना पनि मेटगालामा आउन सक्ने जनाएको छ ।

नेपाली फेसन डिजाइनर प्रबल गुरुङले सन् २०२० को स्प्रिङ-समरमा प्रस्तुत गरेको ‘हु विल बी अमेरिकन’ थिम पनि यसपटकको मेटगाला-२०२२ मा प्रस्तुत हुने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?