+
+

तानसेनको चिहानमाथि उम्रिएको बेरीको पात खाँदा सुरिलो आवाज हुने कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १४:२२

भारतीय शास्त्रीय संगीतका चर्चित संगीतकार हुन् अन्दाज तानसेन । संगीतका पारखीहरु उनको संगीतका ठूलो प्रशंसक थिए । तानसेनको मृत्यु भएपछि उनको चिहानमाथि बेरीको बोट उम्रियो । जुन अहिले ठूलो रुख बनिसकेको छ ।

आज पनि संगीत सिक्नेहरु उनको चिहान जान्छन् र त्यो विशाल रुखका पात खान्छन् । पात खाएपछि स्वरमा मिठास आउँछ भन्ने विश्वास छ । यो चिहान संगीतकार उस्ताद तानसेनको हो, जहाँ संगीत सिक्नेहरुको लाम लाग्छ ।

शास्त्रीय संगीतमा ‘ग्वालियर घराना’को अद्भूत शान र ठाट छ । सुरुमा ध्रुपद गायकीमा आफ्नो अमिट छाप छाडेको यो घराना उसी रियासतमा जोडिएपछि ‘ख्याल गायकी’मा पनि गहिरो छाप छाड्न पुग्यो । उसै रियासतलाई ग्वालियर घरानाका नामले पनि चिनिन्छ ।

मुगल सम्राट जलालद्दीन अकबरको समयमा ग्वालियर संगीतलाई निकै महत्व दिइन्थ्यो । यो संगीतको केन्द्र थियो । राजा मानसिंह तोमरले (सन् १४८६-१५१६) संगीत एकेडेमी स्थापना गरे । जसमा नायक बख्शु जस्ता वरिष्ठ संगीतकार विशेष संगीत कक्षा दिनका लागि नियुक्त गरिएका थिए ।

नायक बख्शु ध्रुपदका विशेषज्ञ थिए । उत्तर भारतको सांगीतिक क्षेत्रमा उनको राज थियो । उनी शारजहाँकालसम्म हाबी रहे । बख्शु, सुल्तान आदिल शाह सुरी र हजरत मोहम्मद गौस ग्वालियरको  ध्यानका कारण ग्वालियरको नाम प्रख्यात भयो । ग्वालियर संगीतको महत्वपूर्ण हिस्सा सावित भयो ।

आफूलाई सबैभन्दा सर्वश्रेष्ठ गायक सावित गर्दै मभन्दा कोही छैन भन्दै हिंड्ने अबुल फजलले समेत तानसेनको सुर तालको तारिफ गरेका छन् । ‘बितेका हजार वर्षमा तानसेन जस्तो गायक यो धर्तीमा जन्मिएको छैन,’ उनले भनेका छन् ।

महाराज अकबरको दरबारमा भएका १८ जना ग्यारह गायकको सम्बन्ध ग्वालियरसँग थियो । अकबरको दरबारसँग जोडिएका ग्वालियर गवैयामध्ये सबैभन्दा नामी थिए तानसेन ।

‘तानसेन जसको नाम सुनेर गवैया कान समात्छन्, ग्वालियरको निकटको गाउँका थिए,’ प्रोफेसर मोहम्मद असलमले आफ्नो पुस्तक ‘सलातीन-ए-देहली व शाहान-ए मुगलियाको जोक-ए मौसकी’ मा भनेका छन् ।

तानसेनका बुवा मकरन्द पाण्डे गौड ब्राह्मण थिए । उनलाई गौस ग्वालियरीसँग निकै श्रद्धा थियो । मकरंद पाण्डेका कुनै सन्तान थिएनन् । एकपटक उनले हजरत मोहम्मद गौससँग विन्ति गरे कि उनलाई सन्तान प्राप्त होस ।

‘हजरत मोहम्मद गौसको आशिर्वादबाट तानसेन पैदा भए । तानसेन पाँच वर्षको भएपछि पिता मकरन्द मोहम्मदको शरणमा पुगे । मोहम्मदसँग तानसेन संगीत क्षेत्रमा नाम कमाउन सकोस् भनेर बिन्ती बिसाए ।

मोहम्मद त्यसबेला पान चपाइरहेका थिए । उनले तानसेनको मुखमा थुकिदिए । मकरन्दले भने यो हाम्रो धर्मबाट अलग भइसक्यो । अब तपाईंकै चरणमा रहने छ,’ मोहम्मद असलमले भनेका छन् ।

हजरतले आफ्ना छोराछोरीसरह तानसेनको पालनपोषण गरे । ग्वालियरका नामी संगीतकारको रेखदेखमा उनलाई संगीत शिक्षा दिलाए । केही समय तानसेनले सुल्तान आदिल शाहसँग पनि संगीत गरे । त्यसपछि दक्षिण भारत गएर नायक बख्शुकी छोरीबाट राग सिके । तानसेनले बाबा हरिदाससँग पनि राग विद्या लिएका थिए ।

तानसेनलाई हजरत मोहम्मदसँग आजीवन श्रद्धा रह्यो । मोहम्मदबाट प्रभावित भएर नै उनी मुसलमान भएका थिए । पछि उनीहरुको सम्बन्ध गुरु शिष्यको रुपमा रहे ।

तानसेन हजरत मोहम्मदको चिहान नजिकै दफन गरिएका छन् । उनी आफ्ना गुरु जस्तै सबैको श्रद्धाको केन्द्र बनेका छन् । त्यहाँका नामी गवैया उनले गाएका गीत र उनको संगीतलाई आफ्नो वर्ग भएको बताउँछन् ।

शिक्षा पूरा गरेपछि तानसेन राजा रामचन्द्रकहाँ काम गर्न थाले । रामचन्द्र उनका ठूला प्रशंसक थिए । भनिन्छ, तानसेनको गीत सुनेर रामचन्द्रले उनलाई एक करोड नगद इनाम दिएका थिए ।

तानसेनको कला र गलाको प्रसिद्धि अकबरको दरबारसम्म पुगेपछि अकबरले रामचन्द्रलाई भनेर उनलाई आग्रा बोलाए । अकरबरको दरबारमा तानसेनका लागि विशेष स्थान थियो । र, उनी सधैं अकबरको विशेष पात्रका रुपमा रहिरहे ।

तानसेनले अकबरको चाहना अनुसार दरबारी कानहरा, दरबार कल्याण, दरबारी असावरी र शहाना जस्ता राग सिर्जना गरे ।

डा. अब्दुल हलीमको शोधअनुसार ‘मिंयाकी मलहार, मिंयाकी तोडी र मिंयाकी सारंग’ तानसेनले सिर्जना गरेका राग हुन् । तानसेनले सिर्जना गरेका ती मसहुर रागका पाण्डुलिपि अहिले पनि रामपुर जिल्लाको रजा पुस्तकालयमा सुरक्षित छन् ।

‘तानसेनले शास्त्रीय संगीतलाई नयाँ रस, नयाँ मिठास र नयाँ वाचनकला प्रदान गरे । रागमा आकर्षक अन्तरा प्रयोग गरे । राग अहिले उनका नामले प्रचलित छन् । शास्त्रीय संगीतमा तानसेनलाई जीवित राख्ने राग भने दरबारी हो ।  अकबरका अनुसार जसलाई सुनेर मुटुभित्र लुकेर बसेका तर बाहिर आउन नसकेका आशा, सौख बाहिर आउँथे । र, ठूलाठूला काम गर्न जाँगर चल्थ्यो,’ सैयद आबिद अलीले लेखेका छन् ।

दरबारीका बारेमा प्रोफेसर खादिम मोहिउद्दीन भन्छन्, ‘दरबारी राग रातको पहिलो क्षण बितिसकेपछि र मध्यरात सुरु हुनुभन्दा पहिले गाइन्छ । यसको मन्द सुरुवाती सुर नि सा रे ध नि प सुरु गर्दा मनलाई शान्ति मिल्छ ।’

दरबारी राजा अकबरको प्रिय राग थियो । दिनभर राजकाजमा व्यस्त रहने अकबर साँझ यही दरबारी राग सुनेर आनन्द लिन्थे । अकबरले खोज्ने शान्तिका लागि तानसेन दरबार राग गाएर उनलाई मोहित बनाउँथे ।

आफूलाई सबैभन्दा सर्वश्रेष्ठ गायक सावित गर्दै मभन्दा कोही छैन भन्दै हिंड्ने अबुल फजलले समेत तानसेनको सुर तालको तारिफ गरेका छन् । ‘बितेका हजार वर्षमा तानसेन जस्तो गायक यो धर्तीमा जन्मिएको छैन,’ उनले भनेका छन् ।

‘हजरत मोहम्मदले पान खाँदा थुकेको थुकको असरबाट तानसेनको गलामा स्वर र सुर पैदा भयो । यसबाट तानसेनमा संगीतप्रति लगाव बढ्दै गयो । हरेक स्थानमा उनको खोजी हुन थाल्यो । उनको स्वरमा सबै हराउन थाले । तर उनी त्यो बेलासम्म संगीतका नियमबारे अनभिज्ञ थिए,’ असलम तानसेनले दक्षिण गएर नायक बख्शुकी छोरीबाट रागको शिक्षा लिएको कुरा काजी मेराज धौलपुर मासिकले ‘आजकल’का संगीत नम्बर अगस्ट १९५६ मा सामेल तानसेनबारे लेखिएको आलेखमा लेखेका छन् ।

हजरतले सन् १५३२ मा राजामानले स्थापना गरेको संगीत विद्यालय ग्वालियरमा उनको भर्ना गरे । त्यहाँ त्यो बेला मुच्छु र भंवर नामक दुई जना कलाका बेजोड माहिर हर्ताकर्ता थिए ।

त्यसबेलासम्म बख्शु बितिसकेका थिए । ती दुई व्यक्ति त्यो बेलाका बडा उस्ताद सम्पूर्ण व्यक्तिका स्वामी र राजामानका सहयोगी थिए । राजाले उक्त संगीत विद्यालय रानी मृगनयनीको नामबाट खोलेका थिए । रानी उत्कृष्ट कलाकारका साथै राम्री गायिकासमेत थिइन् ।

चार-पाँच वर्ष दीक्षा लिएपछि तानसेन त्यहाँबाट बाहिरिए । तर नायक बख्शुको आशिर्वाद तथा भेट हुन नपाएकोमा उनलाई सधैं मलाल रहिरह्यो । बख्शुकी छोरी श्रीमानसाथ दक्षिणमा बस्थिन् । बख्शुले आफ्ना सबै खुबी छोरीलाई बताएका थिए ।

तानसेन बख्शुकी छोरीको सेवामा उपस्थित भएर बख्शुका संगीतबारे ज्ञान लिन चाहन्थे । र, उनी आफ्ना गुरुबाट आज्ञा लिएर दक्षिण भारत गए ।

तानसेनले बख्शुकी छोरीलाई मोहित पार्न उनलाई गीत सुनाए, तर उनले तानसेनलाई भाउ दिइनन् । उनले ‘बेटा केही अरु सिक’ भन्दै फर्काइदिइन् । तानसेन खाली हात फर्किन बाध्य भए । उनले सबै कुरा गुरुलाई सुनाए । गुुरुले पीर नमान्न भन्दै बख्शुकी छोरीले एक दिन तिम्रो कमाल स्वरको तारिफ गर्ने बताए ।

रातभर निराशा र दुःखले चिन्तित तानसेन निदाए । कोेही वृद्ध आएर उनलाई गीत सुनाइरहेको सपना देखे । उच्च स्तरका सुर लगाउन कठिन हुने धु्रपदसमेत तानसेनले गाउन सिके ।

उनी उठ्दा सबै धु्रपद उनलाई याद भए । उनको मन मस्तिष्कमा धु्रपद नाचिरहेका थिए । तानसेन निकै खुसी भए । आफूले सपनामा देखेको र सबै धु्रपद याद भएको कुरा गुरुलाई सुनाए । उनले बख्शुले तानसेनलाई कलाको माहिर बनाइदिएको बताए ।

बख्शुका नामी संगीतकारबाट रियाज गराइँदैथियो । दिन दुईगुना र रात चौगुना उनले तरक्की गर्दै गए । तानसेनलाई गाउन सक्छु भन्ने पूर्ण आत्मविश्वास आएपछि उनले दक्षिण जाने योजना बनाए ।

तानसेनले बख्शुकी छोरीलाई गीत सुनाएपछि उनी दंग परिन् । उनले खानदानी सबै संगीत  शिक्षा तानसेनलाई प्राप्त भएको भन्दै आफूले सिकेको शिक्षा पनि तानसेनलाई सिकाइन् ।

तानसेनले महाराजा अकबरको आग्रहमा १६ हजार राग, ३६० तालको गहन अध्ययन गरेका थिए । त्यसबाट पनि छानेर २०० मूल राग र ९२ मूल तालबाहेक सबै हटाइदिए । तानसेन नामक पत्रिका त्यो बेलाको स्वर्णिम समयको पत्रिका भएको उल्लेख छ । जसमा तालको अलग-अलग विशेषता र तरिका बताइएको छ ।

‘तानसेनले पुराना रागलाई नयाँ रुप नै दिएनन् । आफैंले अनेक रागको सिर्जना गरिरहे । मिंयाकी तोडी, मिंयाका सारंंग र मिंयाका मलहार जस्ता राग उनको नामबाट प्रख्यात छन् । त्यसका अलावा दरबारी र शाम कल्याण निकै प्रसिद्ध छन्, जो अकबरका निकै प्रिय थिए । अकबरलाई यी रागमा मोहित हुन्थे,’ प्रोफेसर मोहम्मद असलमले भनेका छन् ।

धु्रपद गायिकामा तानसेनलाई ग्वालियर घरानाको प्रतिनिधि मात्रै मानिंदैन । उनलाई इतिहासकारले ग्वालियर घरानाको संस्थापक मानेका छन् ।

तानसेनको समयमा धु्रपदलाई भारतीय संगीतमा गायकीको शास्त्रीय शैलीको रुपमा मान्यता पायो । पछि यसलाई चार प्रकारमा विभाजन गरियो । जसमा गैरहार, खंडार, नौहार र डागर रहेका छन् । यसमा दुई वाणी अहिले पनि प्रचलनमा छन् ।

तानसेनबाट धु्रपद गायिकाको सिलसिला दुई घरानाबाट अगाडि बढ्यो । एक तानसेनका जेठा छोरा तान तरंग जसलाई सेनिया घराना भनियो । दोस्रो अन्दाज तानसेनका कान्छा छोरा बिलास खानबाट । यो घरानाबाट संगीतमा साज पनि सामेल भयो ।

यस सिलसिलामा संगीतकारले रुबा, बिन, रुद्र विणा र सितार बजाउनमा कमाल गरे । उनीहरुले गायकी र बजाउने कामलाई एकसाथ अघि बढाए । साज र आवाजलाई उक्त घरानाले एक लयमा लगेर एक विशिष्ट शैली विकसित गरे । आज पनि साजकारका रामपुर घराना, शाहजहापुर घराना र इटावा घरानामा त्यसको प्रभाव देख्न सकिन्छ ।

तानसेनको जिन्दगीमा धेरै फिल्म बनिसकेका छन् । यो विषयमा बनेको पहिलो फिल्म सन् १९४३ मा आएको थियो । जसमा केइल सहगलले तानसेनको भूमिका निभाए भने निर्देशक जयन्त देसाई थिए ।

सन् १९९० मा पाकिस्तानी टेलिभिजनले यो विषयमा एक सिरियल नै बनाएको थियो । जसमा निर्माता ख्वाजा नजमुल हसन र लेखिका हसिना मोइन थिइन् । उक्त सिरियलमा आसिफ रजा मीर र जेबा बख्तियारले मुख्य भूमिका निभाएका थिए ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?