+
+

अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच तालमेल नहुँदा आर्थिक संकट आयो : पूर्वअर्थमन्त्री खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १९:५९

२० वैशाख, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

उनले नेपालको आर्थिक वृद्धिदरमा आयात बढी भएकाले लगातार रुपमा ६,७ र ८ प्रतिशतले आर्थिक वृद्धिदर हुँदा समेत व्यापार घाटा हुने समस्या वर्षैसम्म भइरहने बताए ।

डा. खतिवडाले अब उद्योग क्षेत्रको विकास गरेर निर्यात हुने बस्तु निर्यात गर्ने गरी लगानी गर्नु पर्ने अनि मात्रै व्यापार घाटा कम गर्न सकिने बताए । उनले पछिल्लो समय धेरै लगानी जलविद्युतमा भएको बताए ।

जलविद्युतमा धेरै ठूलो लगानी विस्तार गरेर बुढीगण्डकी जस्ता चार वटा आयोजनाहरु एकै चोटी निर्माण गरेर वर्षको डेढ खर्बदेखि २ खर्ब ऋण रिपेमेन्ट गर्न थाल्यौ भने नेपाल श्रीलंकाको बाटोमा जाने डा. खतिवडाले बताए ।

उनले अब निर्यातमूलक उत्पादन उद्योगमा लगानी लगाउनु पर्ने आवश्यकता रहेको बताए । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा समस्या देखा पर्नु तीन वटा निकायबीच समन्वयको अभाव भएको आरोप खतिवडाले लगाए ।

उनले अर्थ, वाणिज्य मन्त्रालय एकापटी र राष्ट्र बैंक अर्को बाटोमा हिँडेकाले संकट आएको जिकिर गरे । मुलुकलाई आत्मनिर्भर बनाउनको लागि सरकारले चामल नभएर राइस भनेर आयात हुने कनिका नै रोक्नु पर्ने उनको भनाइ छ ।

उनले भने, ‘अर्थतन्त्रमा संरचनागत समस्याहरु छन्। हाम्रो आर्थिक वृद्धिदरको इनपोट इन्टेनसिटी हाइ छ । अर्थमन्त्रालय एउटा गर्छ । राष्ट्र बैंक एउटा गर्छ । दुबै फरक बाटोमा हुन्छन् । एउटा आयात रोक लगाउँछ ।अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच तालमेल नै भएन । यसले अर्थतन्त्रमा संकट ल्यायो । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?