+
+

काभ्रेको रोशीमा बस र जीप ठोक्किंदा ५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १४:५७

२१ वैशाख, काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् ।

काठमाडौंबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप एक आपसमा ठोक्किंदा एक जना बालकसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काभ्रेका एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनको ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई-७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई-४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी-१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् । मृत्यु हुने सबै जीपमा सवार यात्रु हुन् ।

घाइते हुनेमा ८ जना जीपमा सवार र १० जना बसमा सवार तीर्थ यात्री रहेका छन् । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?