+
+

सप्तरीका सार्वजनिक ठाउँमा लगाएको चुनाव प्रचार सामग्री प्रहरीले हटाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १६:१८

२१ वैशाख, सप्तरी । सप्तरीका उम्मेदबारहरुले निर्वाचन आचारसंहितको उल्लंघन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ठहर गरेको छ ।

उम्मेदबारहरुले निजी घर जग्गामा र सार्वजनिक भवन, पार्क तथा बाटोका पोलहरुमा दलको झण्डा, निर्वाचन चिन्हअंकित तुल, फ्ल्याक्स बोर्डहरु टाँसेर तथा झुण्डयाएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतसहित सबै पालिकाका निर्वाचन अधिकृतको बुधबार बसेको बैठकले आचारसंहिता विपरित टाँगिएका र झण्डयाइएका तुल, व्यानरलाई हटाउन उम्मेदवारसँग आग्रह गरेको छ ।

उम्‍मेदवारले उक्त प्रचार सामग्री नहटाए अनुगमन अधिकृतको रोहबरमा नेपाल तथा सशस्त्र प्रहरीले ती सामग्री हटाउने निर्णय भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए ।

बैठकले अब उप्रान्त सबै उम्मेदवार तथा नागरिक समाज, संघ–संस्थाहरुलाई आचारसंहिताको उल्लंघन नगर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, नेपाल तथा सशस्त्र प्रहरीका अधिकारी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश जोशीसहितको सहभागिता थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?