+
+

आईजीपी नियुक्तिसम्बन्धी विवाद हेर्दाहेर्दैमा, भोलि सुनुवाइ हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १७:०१

२१ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले विहीबार पनि सुनुवाइ गर्ने भएको छ ।

बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुरु भएको सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । यो मुद्दामा अब बिहीबार सुनुवाइ हुने सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

१८ वैशाखमा मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्चमा रिट दिएका थिए । उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अघि रहेको भन्दै आईजीपी नियुक्ति बदर गर्न माग गर्दै रिट दिएका थिए ।

सो रिटमा बुधबार पोखरेल पक्षका कानुन व्यवसायीले बहस गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?