२१ वैशाख, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले भारतका नयनिवयुक्त सेना प्रमुख मनोज पाण्डेसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गरेका छन् ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार शर्माले पाण्डेसँग भिडियो कन्फरेन्समार्फत बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
कुराकानीका क्रममा शर्माले नेपाली सेना र भारतीय सेनाबचि रहँदै आएको परम्परा विशिष्ट सम्बन्ध र आपसी सहयोग जनरल पाण्डेको कार्यकालमा अझ उचाइ पुग्ने विश्वास व्यक्त गरेको निर्देशनालयले जनाएको छ ।
त्यसक्रममा शर्माले पाण्डेलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् । जवाफमा पाण्डेले आपसी समन्वय र उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4