+
+

दीपक-दीपाको ‘छक्कापञ्जा ४’को असार १ देखि छायांकन सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १३:१३
फाइल तस्वीर

काठमाडौं । दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्म ‘छक्कापञ्जा’को चौथो सिरिज आगामी असार १ गतेबाट छायांकनमा जाने भएको छ ।

सामाजिक र राजनीतिक कथावस्तुमा बन्ने फिल्म ‘छक्कापञ्जा ४’को स्क्रिप्ट लेखनको काम पनि केही दिनमा सकिने निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिए । असारदेखि भने फिल्मको छायांकन सुरु गरिने उनले बताए ।

फिल्मको रिलिज मिति भने आगामी दशैंका लागि तय गरिसकिएको छ । फिल्ममा दीपक–दीपाका साथै केदार घिमिरे ‘माग्ने बुढा’ र निर्मल शर्मा निर्माता छन् । ‘छक्कापञ्जा ४’को टिजर भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे लगायतको मुख्य भूमिका रहनेछ ।

नेपाली बक्स अफिसमा दक्षिण भारतीय, बलिउड र हलिउडका फिल्मले दबदबा मच्चाइरहेको बेला ‘छक्कापञ्जा ४’को रिलिजपछि नेपाली फिल्मलाई चलायमान बनाउने आफूहरुको विश्वास रहेको निर्माता गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?