
२२ वैशाख, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार उनलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले बुधबार जनाए अनुसार उनले कोरोना भाइरस विरुद्धका सबै मात्रा खोपहरु लिइसेका उनलाई कुनै अप्ठेरो समस्या भने नदेखिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।
उनी अमेरिकाको सेन्ट्रल फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको नियमअनुसार हाल आइसोलेसनमा रहेको विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले विदेशमन्त्री ब्लिंकेनलाई कुनै पनि अप्ठेरो महसुश नगरेकाले घरबाटै काम गर्नेगरी तयारी गरेको पनि जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4