+
+

मतदान केन्द्र तोकिएका विद्यालयमा ३ दिन विद्यार्थीको भौतिक उपस्थिति नगराउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १५:४६
Photo Credit : RSS
म्याग्दीको बेनी सामुदायिक मावि मतदान केन्द्रमा नमूना मतदान कार्यक्रममा सहभागी हुँदै एक विद्यार्थी ।

२२ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार निर्देशन दिइएको केन्द्रले पत्रमा उल्लेख गरेको छ ।

केन्द्रले वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयको उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन भनेको हो ।

त्यस अवधिमा विद्यार्थीहरुलाई बैकल्पिक पद्दतीबाट पठनपाठनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

केन्द्रले पत्रमा स्थानीय तहहरुलाई पत्रानुसारको व्यवस्थाको लागि आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?