+
+
फ्राइडे रिलिज   :

हलमा लागे ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते ११:४९

काठमाडौं । शुक्रबार नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’, नेपालको ‘षट्कोण’ र ‘लक्का जवान’ ।

आक्रामक अग्रिम टिकट बुकिङ गरेको ‘डक्टर स्ट्रेन्ज-२’को दोस्रो सिक्वेल यसपटक निकै रोचक छ । एउटै ब्रम्हाण्ड र व्यक्तिका धेरै रुप हुँदा यसले कसरी मानवीय सभ्यतालाई चुनौती दिइरहेको छ भन्ने कथावस्तु वरपर फिल्म घुम्छ ।

मार्भल सिनेम्याटिक युनिभर्सको यो फिल्ममा बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सन र चिवेटेल इजोफोरको मुख्य भूमिका छ । फिल्मको पहिलो भागलाई नेपालमा समेत छायांकन गरिएको थियो भने दोसो सिक्वेलमा पनि नेपाली सम्पदा र हिमाल देख्न सकिन्छ ।

शिवहरि पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’ले मिडलाइफ क्राइसिसको कथावस्तुलाई चित्रण गर्छ । ४० वर्ष नाघेका पुरुषको रोमान्टिक मनोविज्ञानलाई फिल्मले बुनेको छ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, शिवहरि पौड्याल, राजाराम पौडेल, दिलीप रायमाझी, सलोन बस्नेत र वर्षा सिवाकोटीको मुख्य भूमिका छ । यो सोसल ड्रामा फिल्मले बहुजातीय समुदायको कथालाई प्रस्तुत गर्छ ।

मिलन डी काप्री निर्देशित फिल्म ‘षट्कोण’ले ६ जना पात्रको कथा भन्छ । एक अपराध घटना वरपर फिल्मको कथा घुम्छ । मुख्य पात्र कार्मले फोटो पत्रकारिताको माध्यमबाट उक्त अपराध घटनाको यथार्थ पत्ता लगाउने प्रयत्न गर्छन् । भोलाराज सापकोटा पनि फिल्ममा मुख्य भूमिकामा छन् ।

अलग विधामा निर्माण भएका यी तीन फिल्मलाई आफ्नो रुचिअनुसार हेर्ने सुविधा दर्शकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?