+
+

हलिउड अभिनेता जोनी डिपमाथि पूर्वपत्नीले लगाइन् यौन दुर्व्यवहारको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १२:०१

काठमाडौं । अर्को एक यौन दुर्व्यवहारको घटनाले हलिउड तरंगित बनेको छ । ‘आक्वाम्यान’ अभिनेत्री अम्बर हर्डले पूर्वपति तथा अभिनेता जोनी डिपलाई यौन दुर्व्यवहारको आरोप लगाएकी छन् ।

चरित्रहत्या सम्बन्धी एक मुद्दाको सुनुवाइमा अभिनेत्री हर्ड निकै रोइन र अभिनेता डिपले विवाह लगत्तै हत्या गर्ने धम्की दिएको र मदिराको बोतल लिएर यौन दुर्व्यवहार प्रयास गरेको आरोप लगाइन् ।

विवाह लगत्तै सन् २०१५ मा अष्ट्रेलियामा भएको ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म छायांकनको बेला आफू पूर्वपतिलाई भेट्न अष्ट्रेलिया पुगेको र त्यहाँ एक महिना बिताएको समेत हर्डले उल्लेख गरेकी छन् ।

पहिलो साँझ डिनरको बेला डिपसँग भनाभन भएको उनले बताइन् । त्यसक्रममा मदिरा पिएका डिपले आफूलाई रेफ्रिजेरेटरतर्फ धकेलेको र घाँटी थिचेको समेत उनले बताइन् ।

‘मैले उनीसँग बिहे गरेपछि निकै डराएकी थिएँ,’ अदालती बयानमा हर्डले भनिन् । ५८ वर्षीय अभिनेता डीपविरुद्ध केही सातादेखि लस एन्जलस अदालतमा यौन दुर्व्यवहारको मुद्दा चलिरहेको छ ।

जोनी डिपका फिल्महरु नेपाली बक्स अफिसमा उति सफल हुन सकेका छैनन् । यद्यपि, ‘पाइरेट्स अफ दी क्यारेबियन’सहित उनी स्टारर फिल्म चाहिं काठमाडौंमा प्रदर्शन भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?