+
+

दाङमा अवैध हतियार सहित तीन जना पक्राउ  

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १४:१८

२३ वैशाख, दाङ । दाङ प्रहरीले अवैध हतियार पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ ।

लमही नगरपालिका-३ टिकुलीगढ स्थित जुनु वडी विल्डर्सबाट अवैध हतियार पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ पर्नेमा लमही नगरपालिका ३ मझगाउँ स्थित फर्निचर तथा आह्रन सञ्चालन गरी बस्ने अन्दाजी ७३ वर्षीय मुमबहादुर घर्ती मगर रहेका छन् ।

त्यस्तै बाग्लुङ बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका ३ मा बस्दै आएका २० वर्षीय सोमु बिक र रुपन्देही शुद्धोधन गाउँपालिका २ भुजौली घर भइ तलमी नगरपालिका ३ बस्ने ४० वर्षीय कमल भनिने रुक्मान सुनार रहेका छन् ।

२० वर्षीय बिकको साथबाट भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित पेस्तोल आकारको अबैध हतियार बरामद भएको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तीबाट खटिएको प्रहरी टोलीले खान तलासी लिने क्रममा उक्त अबैध हतियार पेस्तोल बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?