+
+

एक वर्षमा साढे ३ अर्ब विज्ञापनमाथि गुगलले गर्‍यो कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते ८:२३

गुगल कम्पनीले बितेको वर्ष सन् २०२१ मा झण्डै साढे ३ अर्ब वटा विज्ञापनमाथि कारबाही गरेको छ ।

गुगलले सार्वजनिक गरेको विज्ञापन सुरक्षा प्रतिवेदन अनुसार सन् २०२१ मा गुगलले ३ अर्ब ४० करोड विज्ञापनमाथि कारबाही गरेको हो ।

ती मध्ये कतिपय विज्ञापनमाथि प्रतिबन्ध लगाइएको छ भने कतिपयलाई सधैंका लागि हटाइएको छ ।

सन् २०२१ मा तीन अर्ब ४० विज्ञापनमाथि हटाउनुका अलावा गुगलले पाँच अर्ब ७० करोड विज्ञापनलाई निलम्बन गरिएको छ । त्यस्तै पाँच अर्ब ६० करोड विज्ञापनदाताको अकाउन्टलाई निलम्बन गरिएको छ ।

त्यस्तै एक अर्ब ७० करोड विज्ञापन प्रकाशकलाई प्रतिबन्धित गरिएको छ भने ६३ हजार प्रकाशक वेबसाइट माथि कारबाही भएको छ ।

यसअघि सन् २०१९ मा गुगलले दुई अर्ब ७० करोड विज्ञापन हटाएको थियो भने सन् २०२० मा त्यो संख्या तीन अर्ब १० करोड पुगेको थियो । सन् २०२१ मा त्यो भन्दा थप ३० करोड विज्ञापन गुगलल हटाएको हो ।

स्मरण रहोस् सन् २०२२ को सुरुवातमै माइक्रोसफ्टले आफ्नो प्लाटर्फमबाट तीन अर्ब विज्ञापन हटाएको थियो । यसरी गुगल र माइक्रोसफ्टले मिलेर संयुक्त रुपमा ६ अर्ब ५० करोड विज्ञापन हटाएका छन्।

गुगलले हटाएका विज्ञापनहरूमध्ये सबैभन्दा धेरै हटाइएका विज्ञापनको विधा यस्तो छ :

· ट्रेडमार्क : १ अर्ब ४० करोड
· व्यवसाय : ५१ करोड १४ लाख
· वित्तिय सेवा : २२ करोड ३० लाख
· स्वास्थ्यसेवा र औषधि : २१ करोड ९३ लाख
· अल्कोहल : १२ करोड ८५ लाख
· अश्लील सामाग्री : १२ अर्ब ६१ करोड
· जुवा तथा खेल : १० अर्ब ८१ करोड
· प्रतिलिपि अधिकार : ६ करोड ८६ लाख
· सूर्तिजन्य पदार्थ : ३ करोड ५९ लाख

गुगलल अश्लील, खतरनाक तथा हतियारको बिक्रिसँग सम्बन्धित विज्ञापनमाथि सबैभन्दा धेरै कारवाही गरेको छ । त्यस्तै कोरोनासँग सम्बन्धित गलत जानकारी दिने पाँच लाखवटा पेजलाई पनि हटाइदिएको छ । त्यस्ता पेजले भ्याक्सिन, कोरोना परीक्षण तथा मूल्यका विषयमा गलत जानकारी दिइरहेका थिए ।

महामारीको सुरुवातदेखि अहिलेसम्म गुगलले कोभिड १९ सँग सम्बन्धित १० करोड ६० लाख विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ । त्यस्तै युक्रेनमाथिको रुसी कारवाहीसँग सम्बन्धित करीब ८० लाख विज्ञापनमाथि पनि गुगलले कारवाही गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?